सांकेतिक तस्वीर । स्रोतः गुगल ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१९, ठुलो बसेनिमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ । आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा लाल बहादुर गोलेको काठ र टिनले छायको गोठमा अचानक आगलागी हुँदा दुई लाख रुपैयाँ बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

आगलागीबाट घरमा रहेको सामानहरु पुर्ण रुपमा जलि नष्ट भएको जनाएको छ । गोठमा रहेको ५ ओटा बाख्रा र २ वटा गोरु जलि घाइते भएकोे छ । स्थानीयले राति ९ बजे आगलागी पुर्ण रुपमा नियन्त्रणमा ल्याइएको थियो । आगलागी हुँदा मानवीय क्षति भने नभएकोे प्रहरीले जनाएको छ ।