Home मुख्य समाचार मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिकामा मोटरसाइकल दुर्घटनामा हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–२६, बस्ने ३६ बर्षीय दिपेन्द्र राजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामपुरबाट चौबिसकोठीतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ प २९६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाईकल दुर्घटनामा परी दिपेन्द्र गम्भीर घाइते भएका थिए । घाइते भएका दिपेन्द्रको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Exit mobile version