Home खेलकुद दोस्रो मेयर कप फुटबल जेठ १५ देखि

दोस्रो मेयर कप फुटबल जेठ १५ देखि

हेटौंडाः दोस्रो संस्करणको हेटौंडा मेयर कप फुटबल प्रतियोगिता आगामी जेठ १५ गतेदेखि सुरु हुने भएको छ । नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुने प्रतियोगिता हेटौंडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन हुने जनाइएको छ ।

प्रतियोगितामा सहभागी हुन उपमहानगरभित्रका सबै वडालाई पत्र पठाइसकेको हेटौंडा उपमहानगरपालिका युवा तथा खेलकुद शाखाका प्रमुख बसन्त सिटौलाले बताउनुभयो । प्रतियोगितामा सहभागी जनाउन जेठ १३ गतेसम्म टिम दर्ता गर्न भनिएको छ । नकआउट चरणमा हुने प्रतियोगिताको फाइनल खेल जेठ २० गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई ५०–५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीलाई ५–५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

Exit mobile version