Home मुख्य समाचार विदेशी शिक्षक, विद्यार्थीसँग अन्तरक्रिया

विदेशी शिक्षक, विद्यार्थीसँग अन्तरक्रिया

विदेशी शिक्षक, विद्यार्थीसँग अनलाइनमार्फ अन्तरक्रियाका लागि सहजीकरण गर्नुहुँदै विवश जंग थापा ।

हेटौंडाः हेटौँडा–१८ फुर्केचौरस्थित गोरक्षनाथ माविका विद्यार्थीले विदेशी शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया गरेका छन् । सूचना प्रविधिको विकासले विश्व एउटा गाउँ जस्तै भएको सन्दर्भमा बालबालिकालाई विद्यालयले आफ्नो नियमित शैक्षिक क्रियाकलाप अन्तर्गत अन्तरदेशीय शिक्षकहरुसँगको अन्तरक्रिया गरेको हो ।

अजरबैजान, रसिया, बंगलादेशका शिक्षक र विद्यार्थीसँग विद्यालयका २ कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीले बिहीबार सामाजिक, आर्थिक, शैक्षिक गतिविधि सम्बन्धी विभिन्न विषयवस्तुमा अन्तरक्रिया गरेको प्रधानाध्यापक होमबहादुर नेपालीले जानकारी दिनुभएको छ । विद्यार्थीले परम्परागत नृत्य, गायन प्रस्तुत गरेका थिए । अन्तरक्रियाको सहजीकरण विवश जंग थापाले गर्नुभएको थियो । विद्यालयले विभिन्न विषयवस्तुमा विद्यार्थीलाई सहजीकरण गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने विद्यालयका प्रधानाध्यापक नेपालीले बताउनु भएको छ ।

Exit mobile version