हेटौंडाः उच्च अदालत पाटन हेटौंडा इजलास र जिल्ला अदालत मकवानपुरले कानुन दिवस रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको छ । मंगलबार अदालत परिसरमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा १८ जना पुरुष र दुई जना महिलाले रक्तदान गरेका हुन् । कार्यक्रमबाट २० युनिट रगत संकलन भएको सापकोटाले बताउनुभयो । सोमबार विश्व रेडक्रस दिवसको अवसरमा ४९ जनाले रक्तदान गरेका थिए ।
