Home मुख्य समाचार आगलागीमा परी बालिकाको मृत्यु

आगलागीमा परी बालिकाको मृत्यु

सांकेतिक तस्वीर । स्रोतः गुगल ।

हेटौंडाः सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ भोटेश्वरामा आगलागीमा परी बालिकाको मृत्यु भएको छ । आईतबार साँझ ५ बजेको समयमा भोटेश्वरा बस्ने १३ वर्षीया अमृता घलानको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घलानले भान्सा कोठामा आगो बाल्ने क्रममा बोतलमा रहेको पेट्रोलले आगलागी शरीरको बिभिन्न भागमा जल्दा गम्भिर घाईते भएकी थिईन् । घाईते घलानलाई उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौं लगिएकोमा उपचारको क्रममा सोमबार राती ८ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट भान्सा कोठा र भाडाकुडा जली नष्ट हुँदा २ लाख बराबरको क्षति भएका प्रहरी जनाएको छ ।

Exit mobile version