Home मुख्य समाचार मकवानपुरका शम्भु नकर्मी लायन्स क्लबको गभर्नर बन्दै

मकवानपुरका शम्भु नकर्मी लायन्स क्लबको गभर्नर बन्दै

डिष्ट्रिक्ट गभर्नरको उम्मेदवारी अनलाइनमार्फत दर्ता गराउनु भएपछि अनलाइनमा अभिभावक गर्नुहुँदै शम्भु नकर्मी (दायाँ) साथमा लायन्स अभियन्ता राम श्रेष्ठ ।

हेटौंडाः लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५बी२ नेपालको २०२०/२१ का लागि डिष्ट्रिक्ट गभर्नरमा मकवानपुरका शम्भु नकर्मीले मंगलबार उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्था लायन्सको ३२५बी२ को गभर्नरको रुपमा मकवानपुर जिल्लाबाटै पहिलो व्यक्तिको रुपमा नकर्मी निर्वाचित हुँदै हुनुहुन्छ । लायन्स क्लबमा गभर्नर हुने लाइनमा निर्वाचित भएपछि स्वतः गभर्नर हुने व्यवस्था छ । नकर्मी वर्ष २०१९/२० मा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५बी२ को फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर हुनुहुन्थ्यो । लकडाउनका कारण अनलाइनमार्फत उम्मेदवारी दर्ता गराइएको हो ।

यस्तै लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५बी२ को फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरका लागि चितवनका रामप्रसाद भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघि उहाँ सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर हुनुहुन्थ्यो । सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरका लागि धनगढीका सिबि चन्दले उम्मेदवारी दिनुभएको छ । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५बी२ नेपालको वर्ष २०२०/२१ मा नयाँ नेतृत्व चयनका लागि भिडियो कन्फ्रेन्सबाट कन्भेन्सन हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सभा, सम्मेलन तथा भेला हुन सम्भव नभएका कारण अनलाइन माध्यमको सहयोगमा भिडियो सम्मेलनको तयारी भइरहेको लायन्स क्लबले जनाएको छ ।

उम्मेदवारी दर्ताकै दिन मंगलबार डिष्ट्रिक्ट गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरले आफ्नो कार्यकालको नीति तथा कार्यक्रमबारे सबैमा जानकारी गराएका छन् । लायन्स क्लबमा नेतृत्व तथा अन्य पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन गर्ने प्रलचन रही आएको लायन्स क्लब इन्टरनेशनल ३२५बी२ नेपाल एरिया २ का एरिया को–चिफ एडभाईजर राम श्रेष्ठले बताउनु भयो । नयाँ नेतृत्व चयनका लागि अबको १० दिनपछि भिडियो कन्फ्रेन्सबाट अन्तिम नामावली प्रकाशन हुनेछ ।

Exit mobile version