गुगल तस्विर ।

हेटौंडाः विभिन्न घटनामा परी चितवनमा ३ जनाको मृत्यु भएको छ । बुधबार एकै दिन ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
चितवनको रत्ननगर नगरपालिका–१३, जयमंगला सिद्धिविनायक टोलमा छतबाट हाम्फालेर एक जनाको मृत्यु भएको छ । बुधबार राती ११ बजेर ५० मिनेटको समयमा आफ्नै घरको ३ माथिबाट हाम्फाल्दा २५ वर्षीय दिनानन्द दवाडी गम्भिर घाईते भएका थिए । घाईते दवाडीलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यस्तै, भरतपुर महानगरपालिका–१ मा सनाखत नभएको नवजात शिशुको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो ४ बजेको समयमा अन्दाजी ४ दिनको जस्तो देखिने नवजात बालक शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, भरतपुर महानगरपालिका–१६, शान्तिचोकमा एकजना मानिस मृत फेला परेका छन् । मृत फेला पर्नेमा तनहुँ जिल्ला आबुखैरहनी घर भई हाल सोही स्थान बस्ने २६ वर्षीय राहुल परियार रहेको प्रहरीले जानकारी दिएको छ । परियार बुधबार बिहान कुखुराको फर्ममा दाना ओसार्ने क्रममा अचानक बेहोस भएका थिए । परियारलाई उपचारका लागि जिल्ला अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा १२ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । परियार लामो समयदेखि छारे रोगको बिरामी रहेको बुझिएको र शव अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।