सांकेतिक तस्वीर । स्रोतः गुगल ।

हेटौंडाः मकवानपुर जिल्लाको बागमती गाउँपालिका–६, कायरमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

बुधबार बिहान १० बजेको समयमा स्थानीय ठुलीमाया लोप्चनको कच्ची घरमा अचानक करेन्ट सर्ट भई आगलागी भएको थियो । आगलागी हँुदा घर, घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडाकुँडा लगायतको सर–सामान जली नष्ट हुँदा २ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । आगलागीबाट मानवीय र चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।