हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य चौकीहरुमा कोरोनाविरुद्धको खोप लगाउने मानिसको संख्या न्यून हुँदै गएको छ । कोरोना भाइरस संक्रमणको असर कम गर्ने र कोभिड–१९ बाट हुने मृत्युदर घटाउन प्रभावकारी मानिएको खोपप्रति मानिसको आकर्षण कम हुँदै गएको हो ।
उपमहानगरपालिकाको वडा–वडामा रहेको स्वास्थ्य केन्द्रसहित २० वटा संस्थाबाट महिनाको १ दिन खोप लगाउने गरिएको छ । यो वर्षको बैशाखमा कोरोना खोपको बुस्टर डोजलाई जोड दिइरहेको हेटौंडा उपमहानगरपालिकाका सिनियर अहेव अधिकृत अनन्त बास्कोटाले बताउनुभयो ।
गतवर्ष बैशाख महिनामा ४ हजार ६ सय ५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए । ४ हजार ५ सय ६६ जनाले एस्ट्रजेनिका, ६८ ले कोभिसिल्ड र १८ जनाले मोडर्ना खोप लगाएका हुन् । बैशाखमा २ हजार ५ सय ९३ महिला र १ हजार ९ सय ७३ पुरुषले एस्ट्रजेनिका, ३९ महिला र २९ पुरुषले कोभिसिल्ड तथा १२ महिला र ६ पुरुषले मोडर्ना खोप लगाएको बास्कोटाले जानकारी दिनुभयो ।
जेठ महिनामा २ हजार ६ सय ४४ जनाले खोप लगाएका छन् । ५ सय ६३ जनाले कोभिसिल्ड, १ हजार ७ सय २० जनाले मोडर्ना, ३ सय २४ जनाले फाइजर र ३७ जनाले भेरोसेल खोप लगाएका हुन् । जेठमा ३ सय २ महिला र २ सय ६१ पुरुषले कोभिसिल्ड, ९ सय ८७ महिला र ७ सय ३३ पुरुषले मोडर्ना, २ सय २ महिला र १ सय २२ पुरुषले फाइजर तथा २० महिला र १७ पुरुषले भेरोसेल खोप लगाएका थिए ।
गतवर्ष असार महिनामा १३ हजार ८ सय ३६ जनाले खोप लगाएका छन् । ६३ जनाले एस्ट्रजेनिका, १ हजार ११ जनाले कोभिसिल्ड, ६० जनाले मोडर्ना र १२ हजार ७ सय २ जनाले फाइजर खोप लगाएका थिए । ३९ महिला र २४ पुरुषले एस्ट्रजेनिका, ५ सय ९१ महिला र ४ सय २० जनाले कोभिसिल्ड, २६ महिला र ३४ पुरुषले मोडर्ना र ६ हजार ७ सय ८७ महिला र ५ हजार ९ सय १५ पुरुषले फाइजर खोप लगाएका हुन् ।
साउन महिनामा १२ हजार ५ सय ९६ जनाले खोप लगाएका छन् । १ सय ६१ जनाले कोभिसिल्ड, १० हजार ७ सय १ जनाले फाइजर, २ सय ४८ जनाले भेरोसेल र १४ हजार ८६ जनाले जोन्सन खोप लगाएका हुन् । जसमा ७५ महिला र ८६ पुरुषले कोभिसिल्ड, ५ हजार ४ सय ४१ महिला र ५ हजार २ सय ६० पुरुषले फाइजर, १ सय ४८ महिला र एकसय पुरुषले भेरोसेल र ७ सय ६५ महिला र ७ सय २१ पुरुषले जोन्सन खोप लगाएको बास्कोटाले जानकारी दिनुभयो ।
भदौ महिनामा १ हजार २ सय ६० जनाले खोप लगाएका थिए । ४ सय ४२ जनाले फाइजर, ३ सय ५२ जनाले भेरोसेल र ४ सय ६६ जनाले जोन्सन खोप लगाएका हुन । भदौमा १ सय ८७ महिला र २ सय ५५ पुरुषले फाइजर, १ सय ८२ महिला र १ सय ७० पुरुषले भेरोसेल र २ सय ४२ महिला र २ सय २४ पुरुषले जोन्सन खोप लगाएको बास्कोटाले जानकारी दिनुभयो ।
यसैगरी, असोज महिनामा २ सय २० जनाले खोप लगाएका छन् । १ सय १७ जनाले फाइजर, ३८ जनाले भेरोसेल र ६५ जनाले जोन्सन खोप लगाएका हुन् । ५९ महिला र ५८ पुरुषले फाइजर, १४ महिला र २४ पुरुषले भेरोसेल तथा २५ महिला र ४० पुरुषले जोन्सन खोप लगाएको बास्कोटाले जानकारी दिनुभयो ।
कार्तिक महिनामा ४९ जनाले खोप लगाएका छन् । ३ जनाले फाइजर, २९ जनाले भेरोसेल र १७ जनाले जोन्सन खोप लगाएका हुन् । जस्मा, १ महिला र २ पुरुषले फाइजर, १२ महिला र १७ पुरुषले भेरोसेल र ७ महिला र १० पुरुषले जोन्सन खोप लगाएको बास्कोटाले बताउनुभयो ।
मंसिर महिनामा २ सय १४ जनाले खोप लगाएका छन् । १५ जनाले एस्ट्रजेनिका, ४१ जनाले भेरोसेल र १ सय ५८ जनाले जोन्सन खोप लगाएका हुन् । १० महिला र ५ पुरुषले एस्ट्रजेनिका, १६ महिला र २५ पुरुषले भेरोसेल तथा ५७ महिला र १ सय १ पुरुषले जोन्सन खोप लगाएका थिए ।
पुस महिनामा ५ सय १२ जनाले खोप लगाएका छन् । २ सय ६२ जनाले फाइजर र २ सय ५० जनाले भेरोसेल खोप लगाएका हुन् । जसमा १ सय ३७ महिला र १ सय २५ पुरुषले फाइजर र १ सय १९ महिला र १ सय ३१ पुरुषले भेरोसेल खोप लगाएका छन् । माघ महिनामा १ सय ८२ जनाले खोप लगाएका छन् । जसमा ७४ महिला र १ सय ८ जना पुरुषले भेरोसेल खोप लगाएको बास्कोटाले जानकारी दिनुभयो ।
फागुन महिनामा ७५ जनाले खोप लगाएका छन् । २ जनाले फाइजर र ७३ जनाले भेरोसेल खोप लगाएका हुन् । २ जना पुरुषले फाइजर र ३६ महिला र ३७ पुरुषले भेरोसेल खोप लगाएका छन् । चैत महिनामा १ सय २५ जनाले खोप लगाएका छन् । २५ जनाले फाइजर र एकसय जनाले भेरोसेल खोप लगाएका हुन् । ११ महिला र १४ पुरुषले फाइजर र ४८ महिला र ५२ पुरुषले भेरोसेल खोप लगाएको बास्कोटाले बताउनुभयो ।