हेटौंडाः बागमती प्रदेश खेलकुदका लागि मकवानपुर जिल्ला क्रिकेट संघले प्रारम्भिक चरणमा १८ जना खेलाडी छनौट गरेको छ । दोस्रो बागमती खेलकुदका लागि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने मकवानपुर जिल्ला क्रिकेट संघका सचिव बिनोद कुमार बानियाँले जानकरी दिनुभयो ।
प्रारम्भिक चरणमा गौरव खड्का, शुभ कंशाकार, बिशाल फुँयाल, सुमन सुनार, तक्षक सिम्खडा, सक्षम बास्ताकोटी, राम नरेश गिरी, रिजन ढकाल र सूवर्ण भट्ट, असिम श्रेष्ठ, समीर चौलागाईं, पियुष शर्मा, साकार गजुरेल, आस्तिक दाहाल, दिपन बानियाँ, गोकुल अधिकारी, गौरव क्षेत्री र सुमित वाग्ले चयन भएका छन् ।











