हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुर जिल्लामा पहिलो वडा समिति गठन गरेको छ । शनिबार हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा समिति गठन गरेको हो । पार्टीमा आस्था राख्ने वडावासीको भेलाले सुवोध सुवेदीको अध्यक्षतामा १३ सदस्यीय वडा समिति सर्वसम्मत गठन गरेको हो ।
अपेक्षा गरिएभन्दा बढी शुभेच्छुकको उपस्थितिमा वडा समिति गठन गरिएको नवनिर्वाचित वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ । वडा समितिको उपाध्यक्षमा चन्द्र डंगोल, सचिबमा सन्तोष खत्रि, कोषाध्यक्षमा शान्ति थापा बिडारी चयन हुनुभएको छ । यस्तै सदस्यमा सतिकला बिक, निरोज सापकोटा, कल्पना श्रेष्ठ, उमा आचार्य, राम कुमार बजगाई, रिता शिवाकोटि, प्रेम बहादुर स्याङ्तान, नमराज दाहाल र उद्धब गजुरेल चयन हुनुभएको छ । रास्वपा मकवानपुर जिल्ला समितिका सभापति भरत पराजुली र हेटौंडा उपमहानगर समिति अध्यक्ष ध्रुव विष्टको उपस्थितिमा भएको भेलाले सल्लाहकारमा रमेश बर्तौला, रामेश्वर पोख्रेल, शेखर बास्कोटा, कमल थापा मगर, बिजुल किशोर राजभण्डारी र हरिकृष्ण घिमिरेलाई चयन गरेको छ ।

विगतमा गुण र दोषका आधारमा आफ्नो मताधिकार फरक फरक दललाई दिए पनि प्रत्यक्षरुपमा कुनै पनि दलमा संलग्न नरहेको उल्लेख गर्नुहुँदै नवनिर्वाचित वडा अध्यक्ष सुवेदीले युवा नेतृत्व र आम नागरिकले आशा गरेको नयाँ दल भएकोले वडामा नेतृत्व लिएको बताउनुभएको छ । शिक्षा शास्त्र संकायमा मूल विषय अंग्रेजी लिएर स्नातक तह उत्तीर्ण सुवेदी मोवाइल व्यवसायी हुनुहुन्छ । रोजगारीको सिलसिलामा १० वर्ष खाडी मुलुक बस्नु भएका सुवेदी आफ्नो अनुभव र जनअपेक्षाअनुसार वडामा राम्रो काम गर्ने बताउनुहुन्छ ।