हेटौंडाः बागमती प्रदेशको काभ्रेमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दोलखामा भिरबाट लडेर एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–९ पानीट्याङकीमा सवारी दुर्घटना परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एक जना घाईते भएका छन् ।
शुक्रबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा रामेछापबाट काठमाण्डौँ आउदै गरेको बा ५ ख ५६२९ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०२–०२९ प ०८४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३० वर्षीय विशेष तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट तिवारी गम्भिर घाईते भएका थिय । घाईते तिवारीलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा बेलुका ८ बजेर २५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेका थिए । स्कुटरको पछाडी सवार १७ वर्षीय सुमिन तिवारी सामान्य घाईते भएका थिए । घाईते तिवारीको धुलिखेल अस्पताल उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै, दोलखा जिल्लाको लिखुतामा कोसी गाउँपालिका–३ कमेरेपानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । शुक्रबार वि.क.टोल बस्ने ५४ वर्षीय धनमाया वि.क घाँसकाट्ने क्रममा भिरबाट लडि मृत्यु भएको प्रहरीले जानकारी दिएको दिएको छ ।