हेटौंडाः मकवानपुर घर जग्गा व्यावसायी संघको अध्यक्षमा कमलराज मैनाली चयन हुनुभएको छ । शनिबार हेटौंडामा आयोजित संघको दोस्रो अधिवेशनले मैनालीको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा भिम प्रसाद तिमल्सिना, राजकुमार बानियाँ र ईवाकर मैनाली चयन हुनुभएको छ । महासचिवमा शम्भु पुडासैनी, सचिवमा विजय गौतम, कोषाध्यक्षमा कृष्ण प्रसाद चौलागाई र सह–कोषाध्यक्षमा दिपेन्द्र यादव रहनु भएको छ । सदस्यहरुमा राज कुमार थिङ, गोपाल कृष्ण नेपाल, गणेश बहादुर भोलन, शंकर बहादुर राउत र राज कुमार बास्तोला रहनुभएको छ । नयाँ कार्य समितिको कार्यकाल ३ वर्षको रहने छ ।