हेटौंडाः राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल मकवानपुरको अध्यक्षमा मीरा स्याङ्तान चयन हुनुभएको छ । बिहीबार हेटौंडामा भएको सातौं जिल्ला अधिवेशनले स्याङ्तानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा जयबहादुर वाइबा, देवकृष्ण थोकर चयन हुनुभएको छ । यस्तै, सचिवममा विष्णु आचार्य, सहसचिवमा सुलाल गोले, कोषाध्यक्षमा ठूलीमाया मोक्तान र संरक्षकमा यज्ञबहादुर श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरुमा सूर्यबहादुर सापकोटा, सबल सिं थिङ, सुष्मा भोलन, रामबहादुर थिङ, रुक्मणि तिमल्सिना र सन्दिप जिम्बा रहनुभएको छ । नयाँ कार्य समितिको कार्यकाल ३ वर्षे रहनेछ । राष्ट्रिय भूमि अधिकार मञ्चले सुकुम्बासी, दलित र आवाजविहीनको आवाज सम्बन्धित ठाउँमा पुर्याउने काम गर्दै आएको छ । कार्यक्रममा उपस्थितहरुले वर्षमा चुनावको एक दिन जग्गा नम्बरी हुने तर चुनाव सकिएपछि जग्गा ऐलानी हुने गरेको गुनासो गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको मकवानपुर जिल्ला अध्यक्ष यज्ञबहादर श्रेष्ठको अध्यक्षता तथा पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठको प्रमुख आतिथ्य थियो । कार्यक्रममा नापी कार्यालय प्रमुख पूर्णहरी सुवेदी, मालपोत कार्यालय प्रमुख ओमबहादुर अधिकारी, भूमि आयोग तथा बिज्ञ सदस्य अर्जुन चौलागाई, बिभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।