गुगल तस्विर ।

हेटौंडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका–७, सौराहामा भारतीय वृद्ध नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत महाराष्ट्र पुणेका ७९ वर्षीय वृद्ध अम्विका रणवीर अग्रवाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

अग्रवाल सोमबार बिहान ६ बजेको समयमा चितवनको सौराहामा रहेको होटल ल्याण्डमार्कमा बसेकोमा एक्कासी बिरामी भएका थिए । अग्रवाललाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।