हेटौंडाः हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । पर्सा जिल्लास्थित नेपाल फर्मास्युटिकल्स ल्याबरोटरी प्रालिअन्तर्गतको नेपाल फर्मास्युटिकल सोसियल वेलफेयर अर्गनाइजेशनले आज हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । हेटौंडा अस्पताललाई ४० थान पीपीइ सेट, ४० थान एन नाइन्टी फाइभ मास्क, १० थान चस्मा र १० थान फेस कभर प्रदान गरेको छ ।
नेपाल फर्मास्युटिकल्स ल्याबरोटरी प्रालिका नायव महाप्रबन्धक सुरेन्द्र प्रसाद साहले हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल, अस्पतालका डा. प्रविन श्रेष्ठ लगायतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्ग सहयोग गरिएको नेपाल फर्मास्युटिकल्स ल्याबरोटरी प्रालिले जनाएको छ ।