गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–३ मा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । बुधबार बिहान ७ बजेको समयमा घर नजिकैको बारीमा स्याउला काट्न रुख चढेका ५५ वर्षीय धनबहादुर थिङको रुखबाट लडेर मृत्यु भएको स्थानीय चित्रबहादुर थिङले जानकारी दिनुभएको छ ।