हेटौंडाः हेटौंडा–१५, रातोमाटेमा सवारी दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । बुधबार दिउँसो साढे २ बजेको समयमा बाराबाट हेटौंडा बजार तर्फ आउँदै गरेको ना ५ ख ८५६२ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको टि एस ०९ एफ एक्स ३१७७ नम्बरको भारतीय कारलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाईते हुनेमा भारतीय ७० वर्षीय साहिबाबु, कृष्ण नारल्ला, सुरेन्द्र नारल्ला र राजेश एलीगल्ला रहेको प्रहरीले जनाएको छ । घाईते साहिबाबुको अवस्था गम्भीरको रहेको छ । घाईतेहरुलाई उपचारका लागि हेटौंडा अस्पताल लागिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।