गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको भीमफेदी कारागारमा कैद सजाय भोगिरहेको एक बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दा कटाइरहेका मनहरी गाउँपालिका–६, लोथरका ३५ वर्षीय समिर परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

बुधबार विहान १० बजेर ४० मिनेटको समयमा कारागारमै परियार एक्कासीआफै बहोस भएका थिए । परियारको उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उपचारको क्रममा परियारलाई डाक्टरले १२ बजेर २० मिनेटको समयमा मृत्त घोषण गरेको प्रवक्ता कार्कीले बताउनुभयो । परियार १५ महिनादेखि कारागारमा बन्दीको रुपमा सजाय भोगिरहेका कारागार प्रशासक उपसचिव तीर्थ राज पौडेलले जानकारी दिनुभयो । परियार दुर्घटनामा परी पहिलेदेखि नै बिरामी रहेको प्रहरीले जनाएको छ । परियार समय समयमा ढल्ने छारे रोग भएकाले औषधी सेवन गर्दै आइरहेको थिए । परियारलाई प्राथमिक उपचार गरेपछि थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो ।