हेटौंडाः हेटौंडास्थित थोक तरकारी बजारमा आज तरकारीको थोक मूल्यमा सामान्य हेरफेर भएको छ । बन्दा, काँक्रो, मुला प्रतिकेजी २ रुपैयाँ र गाजर, चिचिण्डा प्रतिकेजी ५ रुपैयाँ सस्तो भएको छ । न्यूरो प्रतिमुठा ५ रुपैयाँ सस्तो भएको छ । रुख कटहर र हरियो धनियाँ पनि प्रतिकेजी १० रुपैयाँ सस्तो भएको छ ।

आज गोलभेँडा, घिरौँला र हरियो फर्सी प्रतिकेजी ५ रुपैयाँ महंगो भएको छ । परवल प्रतिकेजी १० रुपैयाँ महंगो भएको छ । आज बजारमा माछे खुर्सानी पनि आएको छ । माछे खुर्सानी प्रतिकेजी ८० रुपैयाँमा विक्री भएको व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभयो । काउली, बोडी, च्याउ, करेला, भिन्डी, भ्यान्टा, घिउ सिमीको थोक मूल्यमा कुनै हेरफेर भएको छैन ।