हेटौंडाः सामुदायिक वन उपभोक्ता महासंघ इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा सावित्रा गौतम चयन हुनुभएको छ । मंगलबार भएको अधिवेशनले गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंले बताउनुभयो ।
समितिको उपाध्यक्षमा लिलीमाया ब्लोन रहनुभएको छ । सचिवमा राम विष्ट र कोषाध्यक्षमा ढोकनबहादुर थोकर रहनुभएको छ । यस्तै, सोमबार भीमफेदी गाउँपालिकामा भएको अधिवेशनले शिव रुम्बाको अध्यक्षतामा सामुदायिक वन उपभोक्ता महासंघ गठन गरेको छ । समितिको उपाध्यक्षमा रमेशकुमार थिङ, सचिवमा लक्ष्मी पुडासैनी र कोषाध्यक्षमा मखमली राना रहनुभएको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो । सामुदायिक वन उपभोक्ता महासंघको महाधिवेशनका लागि जिल्लाका प्रत्येक स्थानीय तहमा अधिवेशन भइरहेको छ ।