हेटौंडाः सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा रहेका परिवारलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाको चार ठाउँमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ ।
उपमहानगरसँगको सहकार्यमा हेटौंडा–३ को बसामाडी र लेवट, हेटौंडा–१२ को सिग्रेनीसहित १४ नम्बरको एक÷एक वटा समुहमा कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रम संयोजक अञ्जीता थापा मगरले जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यक्रमले रोजगारीका लागि बिदेशिएकाको परिवारलाई कसरी आर्थिक मितव्ययी बनाउन सकिन्छ, परिवारमा कसरी बस्नुपर्छ भन्ने बारेमा सहजीकरण गरिनेछ ।
परामर्श कक्षामा बाह्य मुलुकमा रहेर कमाएको पैसालाई बचत गर्दै भविष्यका सुरक्षित पार्ने, रोजगारीमा गएका व्यक्ति सम्पर्कमा नआए वा समस्यामा परे कहाँ सम्पर्क गर्ने, वैदेशिक रोजगारीमा रहेका व्यक्तिले प्रयोग गरेका कागजपत्रलाई सुरक्षित राख्ने, पारिवारिक वातावरण कसरी बनाउने, दीगो आर्यआर्जनमा लाग्ने, बीमाले पु¥याउने फाइदा लगायतका विषयमा जानकारी गराउने बताइएको छ ।
१९ हप्तादेखि बसामाडी वडा कार्यालयको सभाहलमा चलिरहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सञ्चालन गरेको स्वमूल्याङ्कन कक्षामा सहभागी भएपछि बचत र भविष्यको बारेमा चिन्ता हुन थालेको सहभागीले बताएका छन् । उनीहरुले पहिले गरेको खर्चको हिसाब अहिले निकाल्दा थाहा पाएको भन्दै घरमा भन्दा आफैले बढी खर्च गर्ने गरेको बताएका थिए ।
हेटौंडा–३, बसामाडीमा सञ्चालनमा रहेको बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको सोमबार हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका प्रमुख भिमप्रसाद तिमल्सिना सहितको टोलीले अनुगमन गरेको छ । अनुगमन गर्दै महाशाखा प्रमुख तिमल्सिनाले दिगो आयआर्जनको पाटोमा जोडिनका लागि उपमहानगरले सहयोग गर्ने बताउनुभयो । उहाँले परामर्श कक्षाले दिएको शिक्षाले आर्थिक मितव्ययीतालाई टेवा पुग्ने भन्दै सीपमूलक कार्यक्रममा सहभागी बन्दै दीगो आयआर्जनको पाटोमा जोडिन आवश्यक रहेको बताउनुभयो । बैदेशिक रोजगारीले देशमा नयाँ सीप र प्रविधिलाई भित्र्याउन मद्दत पुगेको उनको भनाइ थियो ।
अनुगमनमा उपमहानगरपालिका–३ का वडा अध्यक्ष ढलकबहादुर थापा, वडा सदस्य सविना बिडारी, उपमहानगरको प्रशासन महाशाखा प्रमुख शान्ति बिक, लेखा शाखाका अधिकृतद्वय जेकप श्रेष्ठ, केशब हुमागाई, ३ नम्बर वडा सचिव महेन्द्र चापागाई, सुरक्षित आप्रवासन कार्यक्रम संयोजक सञ्जीता थापा मगर, सहयोगी संस्था हेल्भेटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेल लगायतकाले अनुगमन गरेका थिए । सामीको वित्तीय साक्षरता कक्षाको सहजीकरण रजनी श्रेष्ठले गर्दै आएउनुभएको छ ।