हेटौंडाः बागमती प्रदेश सरकारमा दुईजना मन्त्रीले सपथ लिएका छन् । आईतबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको सपथ लिएका हुन ।
बागमतीमा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि ७ वटा मन्त्रालय खाली छ । कांग्रेस नेताहरु सहभागी भएपछि पनि ५ मन्त्रालय मुख्यमन्त्रीसँगै रहनेछ ।