Home कला नवसर्जक साहित्य चौतारी ५० हजार राशीसहित सम्मानित हुँदै

नवसर्जक साहित्य चौतारी ५० हजार राशीसहित सम्मानित हुँदै

हेटौंडाः बाल साहित्यकारहरुको संस्था नवसर्जक साहित्य चौतारी नेपाल ५० हजार राशीसहित सम्मानित हुने भएको छ । आउँदो शनिबार नवसर्जक साहित्य चौतरी नेपाललाई नेपाल विष्णुकुमारी रिजाल स्मृति सम्मान–२०७९ प्रदान गरिँदैछ । नगद ५० हजार रुपैयाँ राशीसहित सम्मानित हुन लागेको नवसर्जककी अध्यक्ष प्रशन्ना चौलागाईँले जानकारी दिनुभयो । विष्णुकुमारी रिजाल स्मृति सम्मान २०७७ स्थापना भएको हो ।

नवसर्जक साहित्य चौतारी नेपाल पहिलोपटक सम्मानित हुन लागेको नवसर्जकका परिकल्पनाकार दीपक गौतमले जानकारी दिनुभयो । नवसर्जक चौतारी नेपालको सातै प्रदेश समिति, काठमाडौं उपत्यका समिति तथा विदेश विभाग गरी ९ वटा शाखाहरु रहेका छन् । नवसर्जकमा आवद्ध नवसर्जकहरुमध्ये धनगढी जिल्लाको कैलाली शाखाका वरिष्ठ उपाध्यक्ष विभूति अधिकारीले २०७७ चैत २ गते ‘अद्भुत इन्द्रेणी’ खण्डकाव्य कृति विमोचन गरिसक्नुभएको छ ।

यस्तै नवसर्जक साहित्य चौतारीका महासचिव समर्पण न्यौपानेले २०७९ माघ १ गते ‘अभियुक्त समय’ गद्य कविता संग्रह प्रकाशन गरिसक्नुभएको छ भने लुम्बिनी प्रदेशका सदस्य पवन अधिकारीले तेस्रो कृतिको रुपमा २०७९ फागुन ७ गते ‘अन्यायका आँसुहरू’ छन्द कविता संग्रह विमोचन भइसकेको छ । काठमाडौं उपत्यका संयोजक आँचल अधिकारीले २०७९ चैत ११ गते ‘मन पग्लिएछ भने…’ कविता संग्रह विमोचन गरिसक्नुभएको छ । यस्तै निकट भविष्यमा आधा दर्जन जति नवसर्जकहरु कृति प्रकाशनको तयारीमा रहेको गौतमले जानकारी दिनुभयो ।

Exit mobile version