हेटौंडाः मकवानपुरगढी गाउँपालिकाको सम्पुर्ण विद्यालयहरुले कक्षा १ देखि ९ सम्मको परिक्षाफल आज प्रकाशन गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नतीजा प्रकाशन गर्न भनेसँगै विद्यालयहरुले नतिजा प्रकाशन गर्ने गरेका हुन् । गाउँपालिकामा ४० वटा सामुदायिक विद्यालय र १ संस्थागत विद्यामलय गरी जम्मा ४१ वटा विद्यालय रहेका छन् ।
गाउँपालिकाका ४१ विद्यालयमा ५ हजार ८ सय २९ जना विद्यार्थी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम बहादुर घलानले जानकारी दिनुभयो । कक्षा १ देखि ७ सम्म र कक्षा ९ को नतिजा विद्यालयले प्रकाशन गर्ने छ भने कक्षा ८ को नतिजा गाउँपालिकाको वोभसाइटमा हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । गाउँपालिकामा जम्मा ४० वटा सामुदायिक विद्यालय मध्ये कक्षा १ देखि १२ सम्मको ३ वटा, ५ वटा कक्षा १ देखि १० सम्म, १ देखि ८ सम्म ७ वटा विद्यालयहरु रहेका छन् ।
सबै सामुदायिक विद्यालयहरुले दिवा खाजाको व्यवस्था मिलाएको शिक्षा प्रमुख घलानले बताउनुभयो । अब गाउँपालिकाले बागमती प्रदेश सरकारले भर्ना अभियान सुरु गर्ने सुचना निकालेसँगै भर्ना अभियान थालिने गाउँपालिकाले बताएको छ ।