रक्तदान गर्दै एक रक्तदाता ।

हेटौंडाः विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले आज बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रेडक्रस मकवानपुरको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन् । रेडक्रस मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रेडक्रस मकवानपुरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको एक सय ९२ औँ जन्म दिवसका अवसरमा विश्वभरि यो दिवस मनाइँदैछ । दिवसका अवसरमा नेपालमा पनि कोभिड–१९ तथा लकडाउनको बेला सेवा प्रवाहमा खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरी ताली बजाउनुहोस् भन्ने नाराका साथ मनाइँदैछ । यस वर्ष भिड नगरी फरक तरिकाले दिवस मनाइएको छ ।