शिविरमा स्वास्थ्य परिक्षण गराउदै, ।

हेटौंडाः मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले संचालन गरेको शिविरमा १ हजार ४ सय ८६ ले स्वास्थ्य सेवा लिएका छन् । फागुन २९, चैत ६ र १४ गते संचालन भएको शिविरबाट १ हजार ४ सय ८६ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

फागुन २९ गते संचालन भएको शिविरमा ५ सय ६६, चैत्र ६ गते भएको शिविरमा ५ सय ७६ र चैत १४ गते भएको शिविरमा ३ सय ५३ जनाले स्वास्थ्य सेवा लिएको शिविरका फोकल पर्सन जीवन ठकुरीले जानकारी दिनुभयो ।

चैत ६ गते भएको शिविरमा २ सय ३१ जनाले आयुर्वेद सेवा, १ सय ८८ जनाले कृषि सेवा, २ जनाको अपाङ्गता परिचय र ९ जनालाई घरमै गएर सेवा प्रदान गरिएको छ । त्यस्तै चैत १४ गते भएको शिविरमा १ सय ९७ जनाले आयुर्वेद सेवा, १ सय ९३ जनाले कृषि सेवा र ७ जनालाई अपाङ्गता परिचय प्रदान गरिएको ठकुरीले जानकारी दिनुभयो ।

गाउँपालिकाले प्रदान गर्ने सेवाहरुमा सहज पहुँच नभएर बन्चितीमा परेका विकट भेगका बासिन्दाहरुलाई लक्षित गर्दै राक्सिराङ्ग गाउँपालिकाले एकीकृत शिविर संचालन गरेकोे जनाएको छ । फागुन २९ गते ४ नम्बर वडा, चैत ६ गते ९ नम्बर वडा र चैत १४ गते ६ नम्बर वडा, ७ र ८ नम्बर वडामा शिविर संचालन भएको ठकुरीले बताउनुभयो । चैत २२ गते १ र २ नम्बर वडाको कार्यालयबाट शिविर संचालन हुने गाउँपालिकाले जनाएको छ ।

शिविरमा स्वास्थ्य सेवा, अपाङ्गतासम्बन्धी सेवा, अपाङ्गता परीक्षण र परिचयपत्र एवम् सहायक सामग्री वितरण, कृषि सेवा बीउबिजन÷बोटबिरुवा, कृषि औजार, किटनाशक औषधि वितरण, निःशुल्क पशुसेवा, पशु जाँच, औषधि वितरण निःशुल्क, व्यवसाय सम्बन्धी सेवा व्यवसाय दर्ता तथा नवीकरण, योजना सम्बन्धी सेवा योजनाको अनुगमन तथा भुक्तानी, गरिब परिवार परिचयपत्र वितरण, ज्येष्ठ नागरिक सेवा, विपद, उद्दार सामग्री तथा राहत वितरण निःशुल्क गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै स्वास्थ्य, शिक्षा, कृषि, पशु, रोजगार, लघु उच्चम, सहकारी, सामाजिक निःशुल्क परामर्श र सुरक्षा तथा गाउँपालिकाबाट प्रदान गरिने अन्य सेवाहरु सम्बन्धी जानकारी तथा परामर्श सेवा दिएको गाउँपालिकाले जनाएको छ ।