फाइल तस्वीर ।

हेटौंडाः शिक्षक सेवा आयोगको माध्यमिक तृतीय श्रेणी शिक्षक छनौटका लागि प्रारम्भिक परीक्षा आज शनिबार हुँदैछ । बागमती प्रदेशका लागि उम्मेदवारी दिएकाहरुको परीक्षा हेटौंडाका विभिन्न विद्यालयमा हुनेछन् ।

स्थायी शिक्षक नियुक्तिका लागि पहिलो चरणको छनौट परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले जानकारी दिनुभएको छ । शनिबार दिउँसो १ बजेदेखि २ बजेसम्म हुने परीक्षामा बागमती प्रदेशका लागि आवेदन दिने ७ हजार ५ सय ३८ जना परीक्षार्थीे सहभागी हुने प्रमुख गौतमले बताउनुभयो । परीक्षाका लागि हेटौंडाका विभिन्न विद्यालयहरुमा ३० परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो । परीक्षाका लागि प्रश्नपत्रसहित सबै सामग्री आइपुगेको उहाँले जानकारी दिनुभयो ।

प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र शनिबार परीक्षा सुरु हुनुभन्दा १ घण्टा अगाडि प्रहरी सुरक्षासहित परीक्षा केन्द्रमा प्रश्नपत्र पु¥याउने जनाइएको छ । परीक्षार्थीहरुले वस्तुगत प्रश्नतर्फ एक सय पूर्णाङ्कको परीक्षा दिनुपर्नेछ । परीक्षामा ५० वटा प्रश्न सोधिनेछ । वस्तुगत परीक्षामा उत्र्तीणहरुले विषयगत परीक्षामा सहभागी जनाउन पाउनेछन् ।

परीक्षामा नेपाली विषयका लागि १ हजार ९ सय १७ जना, कार्यालय सञ्चालन तथा लेखामा ४ सय २९ जना, अर्थशास्त्रका लागि १ सय ७४ जना, संस्कृत व्याकरणमा ११ जना, अंग्रेजीका लागि १ हजार ५ सय १९ जना, गणितका लागि ७ सय ४७ जना, विज्ञानका विषयका लागि १ हजार २ सय ५९ जना र सामाजिक विषयका लागि १ हजार ४ सय ८३ जना परीक्षार्थीले परीक्षा दिने उहाँले बताउनुभयो । विषयगत कोटा भने आयोगले नै तोक्ने प्रमुख गौतमले जानकारी दिनुभयो ।