हेटौंडाः हेटौंडा–११, थानभर्याङमा रक्तदान कार्यक्रम भएको छ । रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भइरहेको भन्ने समाचार सार्वजनिक भएपछि नेपाल इकरात कम्पनिले आकस्मिकरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ३६ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडाका प्रविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
रगत अभाव भएका कारण रगत सङ्कलनका लागि रक्तदान कार्यक्रम आयोजना गर्न रक्तसंचार केन्द्रले अपिल समेत गरेको छ ।