महिला तथा बालबालिकासम्बन्धी अध्ययन तथ्य सार्वजनिक कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः खाद्य सुरक्षा, लैङ्गीक हिंसा, बालविवाह र व्यवहार परिवर्तन सञ्चारसम्बन्धी अध्ययन तथ्य सार्वजनिक गरिएको छ । ग्रामीण महिला सेवा केन्द्रको आयोजनामा सोमबार सार्वजनिक कार्यक्रम भएको छ ।

समाजमा रहेका लैङ्गीक हिंसा, बालविवाह र व्यवहार परिवर्तनलगायत विषयमा अध्ययन तथ्य सार्वजानिक भएको छ । मकवानपुरका विभिन्न समुदायमा भएका कार्यहरुको अध्ययन गरी तयार पारिएको तथ्यांकलाई कार्यक्रममा प्रस्तुत गरिएको थियो । समाजमा महिला, बालबालिकासम्बन्धि कस्तो व्यवहार भएकोलगायत विषय रहेको थियो । ग्रामीण क्षेत्रमा कच्ची घरहरु हुने भएकाले महिलाहरु हिंसामा परेको देखिएको छ । नेपाललाई खुला दिशामुक्त घोषण गरेता पनि अझै ३ दशमलब ३० प्रतिशत मानिसले चर्पीको प्रयोग नगरेको पाइएको छ । मकवानपुरमा कृषि उत्पादनबाट ३ महिनासम्म खान पुग्ने मानिसको संख्या ४५ प्रतिशत रहेको अध्ययनले देखाएको छ । यस्तै, उत्पादनबाट १० प्रतिशतमात्र जनसंख्याले आफ्नो कमाईबाट वर्षभरी खान पुग्ने बताइएको छ । जसले गर्दा कृषिलाई जोड दिन आवश्यक रहेको देखिएको छ ।

समाजमा ४४ प्रतिशत महिला सहभागी नभएकाले उद्यममा जोड्न आवश्यक रहेको देखिएको छ । समाजका कतिपय महिलाहरु अझैपनि सहकारीमा आबद्ध रहेको देखिँदैन, जसमा ३५ प्रतिशत महिलाहरुलाई सहकारी ऋणसँग जोड्न आवश्यक रहेको अध्ययनले देखाएको छ । समाजमा १८ प्रतिशत महिलाले मात्रै जग्गामा आफ्ने पहुँच भएको देखिएको छ । अध्ययनका अनुसार समाजका महिलाहरु २१ प्रतिशतमात्र परिवारिक कुरामा समावेश हुने गरेका छन् । महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनमा जोड दिन आवश्यक रहेको छ । कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रकाश थापाले समाजको परिवर्तनको लागि वडानै सकृय रहनु पर्ने बताउनुभयो । वडाका बालबालिका, महिला हिंसाजस्ता घटना वडामा नै समनधान भएमा हिंसाका घटना घट्ने धारण राख्नुभयो । बालविवाह, महिला हिंसाजस्ता घटना कम गर्न वडास्तरमा विपक्षी राजनैतिक दलले सहयोेग नर्गनाले असहज भएको धारणा राख्नु भयो ।