Home खेलकुद मैत्रीपूर्ण खेलमा पाहुना टोली चितवनसँग मकवानपुर पराजित

मैत्रीपूर्ण खेलमा पाहुना टोली चितवनसँग मकवानपुर पराजित

अम्पायर (बीचमा) को साथमा मकवानपुर (बायाँ), चितवन (दायाँ) जिल्ला क्रिकेट टिमका कप्तान ।

हेटौंडाः तीन एकदिवसीय मैत्रीपूर्ण क्रिकेटको पहिलो खेलमा मकवानपुर पराजित भएको छ । टस जितेर पहिले व्याटिङ गरेको मकवानपुर पाहुना टोली चितवन सामु कमजोर सावित भयो । चितवनले मकवानपुरलाई ६ विकेटले पराजित गरेको छ ।

निर्धारित ४० ओभरको खेलमा मकवानपुरले घरेलु मैदानमा खराब प्रदर्शन गर्दै २८ ओभर २ बलमै अलआउट भएर १ सय १८ रन मात्रै जोड्न सफल भयो । मकवानपुरका लागि शुभ कंशाकारले ४३ रन र गौरव खड्काले ३३ जोड्नुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेन । मकवानपुरलाई सस्तैमा समेट्ने क्रममा चितवनका कप्तान दिपेश श्रेष्ठले ४ विकेट लिए ।

१ सय १९ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको चितवनले २५ ओभर ५ बलमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । चितवनका लागि जेनिथ क्षेत्रीले ६३ रन जोड्दै जित दिलाए । जेनिथ नटआउट रहे । भोलि मंगलबार र पर्सी बुधबार पनि चितवन र मकवानपुरबीच मैत्रीपूर्ण दुई खेल हुनेछ ।

Exit mobile version