हेटौंडाः हेटौंडा–२ स्थित आयुष ज्वेलर्स (सुनचाँदी) पसलमा चोरी भएको छ । पसलमा रहेको सुनचाँदीका गरगहना र नगद गरी १६ लाख रुपैयाँ बराबरको चोरी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार बिहान पसलको सटर फुटाइएको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको अनुसन्धान कार्य भइरहेको जनकारी दिएको छ ।