Home मुख्य समाचार दलित महिलालाई बाख्रा वितरण

दलित महिलालाई बाख्रा वितरण

दलित महिलालाई बाख्रा वितरण गर्ने क्रमको तस्विर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–८ मा दलित महिलाहरुलाई उन्नत जातको बाख्रा वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा दलित महिलाहरुको भावना कृषक महिला समूहलाई बाख्रा वितरण गरेको वडा अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो ।

वडा कार्यालयमा रहेको बजेटबाट दलित महिलाको लागि २ लाख बजेट विनियोजन गरेको थापाले बताउनुभयो । वडाका १३ दलित महिलालाई उन्नत जातका २६ वटा बाख्रा वितरण गरिएको छ । वडाका दलित महिलाहरुको आर्थिक विकासका लागि वडा कार्यालयबाट सहयोग गरेको थापाको भनाई रहेको छ ।

यस कार्यक्रमबाट दलित महिलाहरु आत्मनिर्भर भई आयआर्जनमा अघि बढ्ने वडा कार्यालयले विश्वास गरेको उहाँको भनाई रहेको छ । वडामा सामाजिक विकासको कार्यमा जोड दिँदै महिलाको लागि सिलाईबुनाईको तालिम सञ्चालनमा रहेको, स्वरोजगारका कार्यहरु वडामा ल्याइएको थापाले बताउनुभयो ।

Exit mobile version