Home मुख्य समाचार ईन्द्रसरोवरमा एक महिलाले लगाए आफ्नै शरीरमा आगो

ईन्द्रसरोवरमा एक महिलाले लगाए आफ्नै शरीरमा आगो

सांकेतिक तस्वीर । स्रोतः गुगल ।

हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–४ स्थित छापमा एक जना महिलाले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको छ । घरायसी विवादमा शनिबार साँझ ६ बजेको समयमा ३३ बर्षीया सुमिना डिमडुङले आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

डिमडुङले आफ्नै शरीरमा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाखेलबाट प्रहरी हवल्दार देवेन्द्र तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले घाइते डिमडुङलाई उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पताल पठाइएको थियो । डिमडुङको दाहिने खुट्टा र चिउँडोमा चोट लागेको जनाएको छ । डिमडुङ बोल्न सक्ने र स्वास्थ्य अवस्था मध्यम रहेको जनाएको छ ।

Exit mobile version