Home अर्थ/व्यापार स्थापना दिवसमा सचेतनामूलक कार्यक्रम

स्थापना दिवसमा सचेतनामूलक कार्यक्रम

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत शनिबार महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम मकवानपुरगढी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्य तथा नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुर शाखाका सभापति माधव अधिकारीको विशेष आतिथ्यमा भएको हो । नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुर शाखासँगको समन्वयमा भएको कार्यक्रममा अर्बुद रोग निवारण संस्था मकवानपुर शाखाका निवर्तमान अध्यक्ष कपिला जोशीले प्रशिक्षण दिनुभएको थियो ।

Exit mobile version