Home मुख्य समाचार श्रमिक माविमा सरोकारवालाबीच अन्तरक्रिया

श्रमिक माविमा सरोकारवालाबीच अन्तरक्रिया

अन्तरक्रियामा सहभागी सरोकारवाला ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा सरोकारवालाबीच अन्तरक्रिया भएको छ । चालु शैक्षिक सत्रको अन्तिम समय भएको र आगामी शैक्षिक सत्रको लागि आवश्यक तयारीस्वरुप विद्यालय प्रशासनले सरोकारवालासँग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा सहभागीले विद्यालय प्रशासनको पछिल्लो क्रियाकलाप र शैक्षिक सुधारका कार्यक्रम सराहनीय रहेको उल्लेख गर्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

विद्यालयको शैक्षिक अवस्थाका बारेमा सहायक प्रधानाध्यापक गोपीरमण प्याकुरेलले जानकारी गराउनुभएको थियो । कार्यक्रममा वडाअध्यक्ष नवीन सिग्देलले वडाको शैक्षिक अवस्था उत्कृष्ट बनाउन वडा कार्यालयले उपयुक्त योजना बनाउने बताउनुभयो । कार्यक्रममा सहभागी पूर्वविद्यार्थीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक स्रोत, साधन जुटाउन पूर्वविद्यार्थीले अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीले विद्यालयको शैक्षिकस्तर उकास्न व्यवस्थापन समितिले सरोकारवालासँग आवश्यक परामर्श लिई अगाडि बढ्ने स्पष्ट पार्नुभएको छ । श्रमिक माविमा अहिले ४ सय २७ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा अहिले वार्षिक परीक्षा चलिरहेको छ ।

Exit mobile version