हेटौंडा क्याम्पसमा मतगणनाको तयारी गर्दै ।

हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा ४ सय ७७ जनाले मतदान गरेका छन् । आइतबार बिहान ८ बजेबाट सुरु भई दिउँसो ४ बजे सम्पन्न मतदान प्रक्रियामा ८ सय ७३ मतदाता रहेको हेटौंडा क्याम्पसमा ४ सय ७७ मत मात्रै खसेको हो । हेटौंडा क्याम्पसमा ५४ दशमलव ६४ प्रतिशत मत खसेको हो ।

यस्तै हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पसमा ४ सय ३९ मतदाता रहेकोमा ४ सय १७ जनाले मतदान गरेका छन् । हेटौंडा–१६, हटियास्थित हटिया–जनप्रिय बहुमुखी क्याम्पसमा ५६ जना मतदाता रहेकोमा ४९ जनाले मतदान गरेका छन् । मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पसमा ६० जना मतदाता रहेकोमा ५६ जनाले मतदान गरेका छन् । यस्तै हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा २ सय १० जना मतदाता रहेकोमा १ सय ८८ जनाले मतदान गरेका छन् । मतदान सकिएलगत्तै मतगणनाको तयारी भइरहेको क्याम्पसका निर्वाचन समितिले जनाएको छ ।