Home मुख्य समाचार प्रधानमन्त्रीको कदम देशका लागि कालो वादलः सचिव गोकर्ण विष्ट

प्रधानमन्त्रीको कदम देशका लागि कालो वादलः सचिव गोकर्ण विष्ट

गोकर्ण विष्ट ।

हेटौंडाः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद प्राप्ति र पद जोगाउनका लागि चालेको कदम मुलुकमा कालो वादलको रुपमा देखा परेको नेकपा एमालेका सचिव गोकर्ण विष्टले बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले मुलुकमा अराजक, अस्थिर गतिविधि गरिरहेको जसले राष्ट्र र जनताको हित नगर्ने विष्टले दावी समेत गर्नुभयो ।

शनिबार प्रेस चौतारी मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव विष्टले सरकारले अनुदानमा प्राप्त भइरहेको मलको मुल्यमा बृद्धि गरेर कृषि क्षेत्र माथि आक्रमण गरेको धारणा राख्नुभयो । सरकारले कृषि क्षेत्रलाई मजबुत बनाउनु पर्नेमा राष्ट्रलाई थप परनिर्भर बनाउने काम गरिरहेको उहाँको भनाइ थियो । हालको गठवन्धन अरुको आड, स्वार्थ र विभिन्न शक्तिकेन्द्रहरुको भरमा बनेकोले गठबन्धनको आयु लामो नभएको समेत उहाँले दावी गर्नुभएको छ । मुलुकमा अस्थिरता निम्त्याउने, बर्वादीको दिशातिर लैजाने कामको जिम्मा प्रधानमन्त्रीले नै लिनुपर्ने उहाँको भनाइ छ ।

अहिलेको सरकार जनताको हकहितका निम्ती नभई आफ्नो स्वार्थ पूरा गर्न लागीपरेको बिष्टको दावी छ । नेकपा एमाले जनचाहना अनुरुप पार्टीलाई सुदृढ बनाउँदै लैजाने अभियानमा लागीपरेको र आगामी दिनमा एमाले एक्लैले सरकार निर्माण गर्ने दिशातर्फ जाने बिष्टले बताउनुभयो । प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको थियो ।

Exit mobile version