हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा एकजना पुरुष मृत फेला परेको छ । मृतक चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–२, रमाईलोडाँडाका २३ बर्षीय मंगल बहादुर चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
चितवन जिल्लास्थित धनलक्ष्मी बायोटेक्नोलोजी प्रालिमा कार्यरत चेपाङ साइट भिजिटको सिलसिलामा १ महिना अगाडिदेखि डेरा गरी मनहरीमा बस्दै आएका थिए । चेपाङको बिहीबार बिहान ३ बजे सुतेकै स्थानमा मृत्यु भएको हो । प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।











