
हेटौंडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा असन्तुष्ट नेविसंघको एक समूहले मकवानपुर बहुमुखी क्याम्पसमा तालाबन्दी गर्नुका साथै तोडफोड गरेका छन् । आधिकारिताको विवादमा निर्वाचन समितिले नेविसंघ मकवानपुर जिल्ला समितिमार्फत उम्मेदवारी दर्ता गर्ने समूहलाई आधिकारिक मान्ने निर्णय गरेसँगै असन्तुष्ट बनेको समूहले तालाबन्दी गरेलगत्तै तोडफोड गरेका हुन् ।
असन्तुष्ट समूहले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेर क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । क्याम्पस अगाडि प्रदर्शन गरेका समूहले क्याम्पसको प्रशासनिक भवनमा तोडफोड गरेका हुन् । क्याम्पसको प्रशासनिक भवनको सिसा फुटेको छ ।









