रेडक्रस मकवानपुरको नवनिर्वाचित समिति ।

हेटौंडाः नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको सभापतिमा लाल बहादुर थापा निर्वाचित हुनुभएको छ । आइतबार हेटौंडामा सम्पन्न निर्वाचन प्रक्रियाबाट थापाको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको छ ।

जिल्ला शाखाको उपसभापतिमा खेमराज सापकोटा, यशोदा कुमारी श्रेष्ठ, मन्त्रीमा सुमित्रा काफ्ले, कोषाध्यक्षमा किशोर बर्तौला, उपमन्त्रीमा शिवहरि दाहाल, उपकोषाध्यक्षमा मंगल रखाल मगर निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा चेतकुमारी पुडासैनी, शर्मिला बिश्वकर्मा, सुन्तलीमाया प्रजा, सामजी सापकोटा, इश्वर पण्डित, विनोद ढकाल, गोकर्ण सुवेदी, राजकुमार केसी, कृष्णबहादुर सापकोटा र नारायणप्रसाद तिमल्सिना निर्वाचित हुनुभएको छ । नवनिर्वाचित समितिको कार्यकाल २ बर्षको हुनेछ ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाले रक्तसञ्चार केन्द्र सञ्चालन गर्नुका साथै विपद् व्यवस्थापन लगायतका विषयमा सामाजिक सेवाको कार्य गर्दै आएको छ । प्राथमिक उपचार र विपद् व्यवस्थापनमा युवा पुस्तालाई प्रशिक्षित गर्ने कार्य पनि गरिरहेको छ । रेडक्रस सोसाइटी मकवानपुरले २ वटा एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।