हेटौंडाः मानवअधिकारवादी संस्था एम्नेटी इन्टरनेशनल नेपाल समूहक ६७ हेटौंडाको १३ औं साधारण सभाको अवसरमा दुईजनालाई मानवअधिकार सम्मान समर्पण गरिएको छ ।

समूहका पूर्वअध्यक्ष इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा स्थापना गरिएको मानवअधिकार सम्मान–२०७८ बीरगंजका वरिष्ठ अधिवक्ता देवलाल नेपाली र मानवअधिकार सम्मान–२०७९ काठमाडौंका लोकेश ढकाललाई प्रदान गरिएको छ । नगद १० हजाररुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ । एम्नेष्टी इन्टरनेशनल नेपाल समुह–६७ का संयोजक हेमन्त ढुंगेलको अध्यक्षता तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।