स्ववियु निर्वाचनका लागि गरिएको सहमतिपत्र ।

हेटौंडाः चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मकवानपुरका ८ वटा क्याम्पसमा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेकपा क्रान्तिकारी (विप्लप) सम्वद्ध विद्यार्थी संगठनको प्यालन निर्माण गरी निर्वाचनमा सहभागी हुने सहमति भएको छ । शनिबार विद्यार्थी संगठनका नेतृत्व र पार्टीको जिल्लास्तरीय नेतृत्वबीच प्यानल निर्माण गर्ने सहमति भएको हो ।

स्ववियु निर्वाचनका लागि गरिएको सहमतिपछि सामूहिक तस्वीर खिचाउँदै ।

निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु, अनेरास्ववियू र अखिल क्रान्तिकारीबीच तालमेल गर्ने सहमति भएको हो । सहमतिपत्रमा विद्यार्थी संगठनका जिल्ला अध्यक्ष र पार्टीका जिल्लास्तरीय पदाधिकारीले सहमतिपत्रमा हस्ताक्षर समेत गरेका छन् ।