सामुहिक तस्बीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा महमद समीन चयन हुनुभएको छ । शनिबार विद्यालय व्यवस्थापन समितिको बैठकले समीनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

महमद समीन

अभिभावक भेला भएको एक महिनापछि अध्यक्ष चयन गरिएको हो । गत माघ २१ गते अभिभावक भेला भएको थियो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।