हेटौंडाः हेटौंडामा शुक्रबार भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । समृद्धि फाइनान्स कम्पनि लिमिटेडको हेटौंडास्थित शाखा कार्यालयले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको जनाएको छ । बुधबार र बिहीबार पनि रक्तदान कार्यक्रम भएको थियो । अब आगामी चैत ४ गते हेटौंडा–१८, हर्नामाडीमा साना किसान कृषि सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।