हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माविको शिक्षक अभिभावक संघ (पीटीए) को अध्यक्षमा राजेन्द्र बास्ताकोटी चयन हुनुभएको छ । बिहीबार बास्ताकोटीको अध्यक्षतामा ११ सदस्यीय पीटीए गठन गरिएको हो । बास्ताकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा ४ नम्बर वडा सदस्य निर्वाचित हुनुभएको थियो ।
पीटीए सदस्यमा निरज सिं ठकुरी, कार्साङग लामा, पार्वती लामिछाने, प्रमोद ढकाल, शान्ता घलान, रमिका शाक्य, अन्जु वाईबा, सम्झना घिमिरे चयन हुनुभएको हो । पीटीएमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पदेन सदस्य हुने व्यवस्था छ । केही समयअघि मात्रै श्रमिक माविमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको थियो । पूर्वविद्यार्थी विवेक कार्कीको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।