हेटौंडाः कराँते महासंघ मकवानपुरको अध्यक्षमा रामकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । बुधबार हेटौंडामा भएको महासंघको पहिलो भेलाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा भुवन खनाल, मान सिंह दोङ र अक्कल बहादुर पाख्रिन सर्वसम्मत चयन हुनुभएको छ । यस्तै समितिको महासचिवमा दीर्घ बहादुर लामा, सचिवमा सम्राट बलामी र कोषाध्यक्षमा पुजा खनाल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सुवास श्रेष्ठ, नेत्र बहादुर राई, तेज बहादुर बल, नारायण थपलिया, रामलाल लामा थोकर, रोशन बलामी, भीम घलान र सिंह बहादुर थिङ चयन हुनुभएको छ ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गीले कार्यसमितिलाई बधाई दिनुहुँदै शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । जिल्लामा अहिले करिब ३० डोजोमा कराँतेका ८ सयभन्दा बढी खेलाडी सक्रिय छन् ।