हेटौंडाः कराँते महासंघ अन्तर्गतको सितोरिया कराँते संघ मकवानपुरको अध्यक्षमा विकास बानियाँ चयन हुनुभएको छ । बुधबार हेटौंडामा भएको संघको चौथो अधिवेशनले संघको अध्यक्षमा बानियाँलाई सर्वसम्मत चयन गरेको हो ।
बानियाँको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । संघको प्रथम उपाध्यक्षमा इन्द्र लामा, द्वितीय उपाध्यक्षमा विपुल गुरुङ, सचिवमा दीपक सापकोटा, कोषाध्यक्षमा तापस अधिकारी र सह–सचिवमा रोशन बलामी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा विकल पराजुली, दीर्घ लामा, रामशरण माझी, पूर्ण माझी, प्रशान्त पाठक र पुष्पराज खनाल चयन हुनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको रहनेछ ।











