राहत सामग्री लिएर जाँदै स्थानीय ।

हेटौंडाः बहुराष्ट्रिय कम्पनि युनिलिभर नेपालले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का एक सय विपन्न परिवारलाई आज राहत सामग्री वितरण गरेको छ । जारी लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई लक्षित गरी वडा कार्यालयको समन्वयमा राहत सामग्री वितरण गरिएको स्थानीय यम श्रेष्ठले जानकारी दिनुभयो ।

राहत सामग्री लिन आएका सर्वसाधारण ।

युनिलिभरले प्रतिपरिवार १० केजी चामल, ५ केजी गहुँको पिठो, २ केजी मसुरो दाल, २ केजी नुन, १ लिटर तेल र आधा केजी हर्लिक्स वितरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो । युनिलिभर नेपालको आधिकारिक ट्रेड युनियनका अध्यक्ष जयराम धिताल, ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो । सौन्दर्य प्रशाधनका साथै साबुन, सर्फ जस्ता सरसफाईजन्य सामग्री उत्पादन गर्ने उद्योग युनिलिभर नेपाल हेटौंडा–३, बसामाडीमा रहेको छ ।